केपी ओलीले नियतबस नै संविधानमाथि आक्रमण गरे : मुनु सिग्देल
हेटाैँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड-माधव समुह) बागमती गाउँपालिकाकाे वार्ड नम्बर -३ गढनमा वडा स्तरीय अगुवा नेता तथा कार्यकर्ता भेला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवम् उक्त पार्टीका जिल्ला अध्यक्ष मुनु सिग्देलको प्रधानमन्त्री केपी ओलीले नियतबस नै संविधानमाथि आक्रमण गरेको बताउनुभयाे । बागमती प्रदेश सभा सदस्य समेत रहेकी नेतृ सिग्देलले जनताको समृद्धिको सपनामाथि धोका दिएर उल्टाे जनताका शत्रुहरुलाई खुशी पारेको आराेप लगाउनुभयाे । नेतृ सिग्देलले आफ्नो पद स्वार्थका निमित्त केपी ओलीले पार्टी र प्रतिनिधिसभालाई दाउमा राखेको भन्दै ओली कम्युनिस्ट पार्टी भित्रको ऐंजुरी भएकाेले अब उहाँको यात्रा सन्ध्या तिवारीको बाटो बाहेक अरु नहुने उनकाे भनाइ थियाे ।
नेता तथा कार्यकर्तालाई ढाडस दिदै नेतृ सिग्देलले भनिन् । ‘नआत्तिनुस् हाम्रो सफल सुनिश्चित छ, सुनिश्चितताको लागि हामी लागीरहेका छौं ।’
सुनिल बज्युले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम बागमती गाउँपालिका पार्टी कार्यालय सदस्य एवम् वडाध्यक्ष बल बहादुर पाख्रिनको सभाध्यक्षतामा भएको थियाे ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य एवम् मकवानपुर जिल्ला संगठन विभाग सह-संयोजक कमान सिं पाख्रिन (पृथक), जिल्ला कमिटी सदस्य शर्मिला बिक, दिल दोर्जे पाख्रिन, गाउँपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, सचिवालय सदस्य एवम् वडा कमिटी इन्चार्ज कर्शाङ सिं पाख्रिन, अशोक लामा, विष्णु तिमल्सिना, मुक्ति लामा, हरीमाया बज्यु, वडा सचिव जानुका दोङ लगायतकाले आफ्नाे भनाई राख्नुभएकाे थियाे ।