नागरिक आन्दोलनमाथिको दमन ओलीतन्त्रको अन्तिम फटफट्याईंः गगन थापा
काठमाडौं । शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका नागरिक समाजका अगुवामाथि भएको बल प्रयोगको घटनाप्रति नेपाली कांग्रेसका नेता गगन थापाले विरोध गरेका छन् ।
सोमबार राति सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’
उनले अगाडि भनेका छन्, ‘तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्छन् अनि आफैं सकिन्छन् ।’
प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नागरिक समाजका अगुवाले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेका थिए । प्रहरीले नागरिक समाजका अगुवामाथि पानीको फोहरा हानेको थियो । पानीको फोहरा र लाठी चार्जका कारण प्रदर्शनमा सहभागी भएकाहरुमध्ये केही घाइते भएका थिए ।
प्रदर्शनमा नागरिक समाजका अगुवा कृष्ण पहाडी, खगेन्द्र सङ्ग्रौला, पत्रकार नारायण वाग्ले, लेखक युग पाठक, सञ्जीव उप्रेतीलगायत सहभागी थिए ।