नेकपा प्रचण्ड-माधव समुहले केपी ओलीलाई साधारण सदस्य नरहने गरि कारवाही

निरन्तर न्यूज
११ माघ २०७७, आईतवार १९:५५

काठमाडौं । नेकपाकाे प्रचण्ड–माधव पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्यतासमेत नरहने गरी पार्टीबाट निश्कासन गर्ने निर्णय गरेको छ ।

अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको उपस्थितिमा आइतबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सदस्यबाट पनि निष्कासन गरेको हो ।

यसअघी प्रचण्ड–नेपाल समूहले पुस ७ गते ओलीलाई नेकपा अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । यसबीचमा ओलीलाई स्पष्टीकरण सोधिए पनि त्यसको जवाफ नआएपछि साधारण सदस्यबाट हटाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

पार्टी हित विपरीतको काम गरेको तथा प्रतिनिधिसभा विघटन गरेकाले ओलीलाई अनुशासनको कारवाही गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले गंगालाल तुलाधरलाई पार्टी केन्द्रीय कार्यालयको सचिव तोकेको छ भने संघर्ष समितिले सोमबार थप संघर्षको कार्यक्रम निर्धारण गर्ने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*