नेकपा केपी पक्षकाे हेटाैँडा उपमहानगर २ मा रामकृष्ण तिमल्सिना चयन
हेटाैँडा । नेपाल कम्युनिष्ट पार्टी (केपी पक्ष) हेटाैँडा उपमहानगरपालिका वार्ड नम्बर २ काे अध्यक्षमा रामकृष्ण तिमल्सिना चयन भएका छन् ।
शनिबार भएकाे भेलाले अध्यक्षमा तिमल्सिना र सचिवमा रेणु गुरुङसहित ३३ सदस्यीय वडा कमिटि चयन गरेकाे छ ।
रेणु गुरुङकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा केन्द्रीय सदस्य अनन्त पाैडेलकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
भेलामा जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, जिल्ला सदस्य सुमित्रा काफ्ले, हेटाैँडा उपमहानगर २ नम्बर वडा अध्यक्ष हरि बहादुर राउत, हेटाैडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही लगायतकाे आतिथ्यता रहेकाे थियाे ।