ओलीलाई पछार्छु भन्दा प्रचण्ड- नेपाल पक्ष आफैँ सडकमा पछारिए : रायमाझी

निरन्तर न्यूज
११ माघ २०७७, आईतवार ०८:५०

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका स्थायी कमिटी सदस्य तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले लीलाई पछार्छु भन्दा प्रचण्ड- नेपाल पक्ष आफैँ नै सडकमा पछारिएको टिप्पणी गरे ।

पाँचथर काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा गरेको भेलामा रायमाझीले लडाइँ विचारका लागि नभएकाले समाधान निकाल्न नसकिएको बताए । उनले रायमाझीले पद नपाएका कारण प्रचण्ड पक्ष पार्टीबाट अलग भएको बताएका छन् ।

दुईतिहाइ बहुमतको सरकारको नेतृत्व गरेको पार्टीको आन्तरिक अन्तरविरोधको कारण संसद् विघटन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको समेत उनले बताए ।  अहिलेको लडाइँ विकास समृद्धि कि विनास, सत्य कि असत्य, राष्ट्रियता कि राष्ट्रिय हितविरुद्ध उभिने सम्बन्धमा भइरहेको उनले बताए ।

प्रचण्ड–नेपाल पक्षका नेताहरूले लामो समयदेखि आफ्नै पार्टीको सरकारविरुद्ध अविश्वासको प्रस्ताव हाल्न हस्ताक्षर अभियान चलाएकाले बाध्यात्मक रूपमा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको बाटो रोज्नुपरेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*