ऐतिहासिक मकवानपुरगढीको विजव उत्सव मनाइयाे
हेटाैँडा। ऐतिहासिक मकवानपुरगढीको २५८ औं विजय उत्सव मनाइएको छ । ऐतिहासिक अंग्रेजलाइ परास्त पारिएको दिन आज माघ १० गतेलाई विजय उत्सवको रुपमा मनाइदै आइएको छ ।
उत्सवमा राष्ट्रिय झण्डात्ताेलन गरि नेपाली सेनाद्धारा सलामी दिइएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, समितिका उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, नेपाली सेनाका महासेनानी प्रकाशध्वज थापा, सशस्त्रका एसपी नीरकृष्ण अधिकारी, गाउँपालिकाका वडा अध्यक्षहरु बखान सिं पाख्रीन, भागवत घिमिरे, रामप्रसाद तिमल्सिना, जीत बहादुर घिमिरे, नेपाली कांग्रेसका अर्जुन दाहाल, राप्रपाका कृष्ण विडारी, नेकपाका रामजी सापकोटा, गढी दरवारका जानकार केदार न्यौपाने, वकिलराज बानियाँ लगायतको अतिथ्यता रहेको थियो ।
कार्यक्रम मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईकाे सभाध्यक्षता एवम् मकवानपुर क्षेत्र नम्बर १ का निवर्तमान सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सभाध्यक्ष हुमागाइले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय क्षेत्रको विकास र भावी योजनाको बारे जानकारी गराएका थिए ।