मुख्यमन्त्री डाेरमणि पाैडेल बिरुद्ध अविश्वास प्रस्ताव दर्ता, माघ १९ गते बैठक बस्ने

निरन्तर न्यूज
९ माघ २०७७, शुक्रबार १४:०४

हेटाैँडा । बागमती प्रदेशकाे प्रदेश सभाकाे बैठक आगामी माघ १९ गते बस्नेगरि सकिएकाे छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रचण्ड-नेपाल समूहका प्रदेश सदस्य अरुण नेपालले ४५ जना प्रदेश सदस्यहरुकाे हस्ताक्षरसहित मुख्यमन्त्री डाेरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका हुन्।

अविश्वास प्रस्ताव दर्ता गराउने क्रममा प्रदेश सदस्य नेपालले मुख्यमन्त्री पौडेलले जनभावना अनुसार काम गर्न असफल रहेको जिकिर गरे ।

नेपालले मुख्यमन्त्री पौडेललाई पदमुक्त गरि प्रदेश सदस्य अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरे । प्रदेशसभा दर्ता अविश्वास प्रस्तावमाथि माघ १९ गतेको बैठकमा छलफल हुने भएको छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*