प्रचण्ड-माधब पक्षले हेटौंडामा सांसद बन्धक बनाएको ओली पक्षको आरोप
हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका विरुद्धमा अविस्वास प्रस्ताब दर्ता गर्ने सांसदाई हिजोदेखि हेटौंडा रिसोर्टमा बन्धक बनाएको मुख्यमन्त्री निकटका सांसद दिपक निरौलाले आरोप लगाउनुभयो । त्यहाँ राखिएका सांसदहरुलाई कसैलाई भेटन समेत नदिएको र छलफल र बैठकको बहानामा बाहिर निस्कन पनि समुहमा मात्र थोरै समय निस्कन दिएको निरौलाले वताउनुभयो । सांसदलाई बन्धब बनाउँदा उनीहरुको मानबअधिकार हनन् भएको ओलीपक्षका सांसदहरुले वताएका छन् ।
बागमती प्रदेशका भौतिक रुर्वाधार विकास मन्त्री रामेश्वर फूयालले भने हेटौंडा रिसोर्टमा सांसदहरुलाई के कस्तो अवस्थामा राखिएको छ सञ्चारजगतले सत्यकुरा बाहिर ल्याउनुपर्ने वताउनुभयो ।
यता प्रचण्ड माधब पक्षका संसदीय दलका उपनेता समेत रहनुभएका प्रदेशसभाका सदस्य शालिकराम जमकट्टेलले भने अविस्वासको प्रस्ताब दर्ता गर्ने सांसदहरु एकै स्थानमा बस्ने संसदिय परमपरा कायम मात्र राखिएको वताउनुभयो । उहाँले भन्नुभयो–‘हामीहरुले संसदीय परमपरा अनुसार मुख्यमन्त्रीका विरुद्धमा अविस्वास प्रस्ताब दर्ता गर्ने सांसदहरु एउटै होटलमा बसेका हौंं । बन्धक बनाएका होइनौं ।’
पहिले पनि आफुहरु सामुहीक रुपमा वस्ने गरेको र अहिले अविस्वास दर्ता गर्ने सबैजसो सांसदहरु एउटै होटलमा बसेको जमकट्टेलले वताउनुभयो । ओलीपक्षका नेताहरुले पनि हेटौंडाको एभोेकाडो होटलमा सांसदलाई राखेको आफुहरुको जानकारीमा आएको र यहाँसंगै बस्दा बन्धक बनाएको भन्न नमिल्ने उहाँले वताउनुभयो ।
हेटौंडा रिसोर्टमा रहेका सांसदलाई भेट्न समेत नदिएको वताउँदै ओली पक्षका प्रदेशसभाका सदस्य निरौला भन्नुहुन्छ–‘हेटौंडा रिसोर्टमा सुविधा सम्पन्न जेलमा राखिएको हो । यो भने सांसदलाई राख्ने नयाँ प्रकारको जेलनै हो । पहिलेका संघीय सांसदलाई जस्तैगरी सांसद किनबेचको सृखला समेत सुरु भइसक्यो ।’ प्रचण्ड र ओलीपक्षका ४५ जना सांसदले मुख्यमन्त्रीका विरुद्धमा अविस्वासको प्रस्ताब दर्ता गरेका छन् । यसपछी कसले बहुमत पुर्याउन सक्ने भन्ने रस्साकस्सी सुरु भएको छ ।
यता बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्धको अविस्वासको प्रस्ताबलाई नेकपा केपी ओली पक्षका सांसदले फेल गरिदिने तयारी गरेका छन् । नेकपाकै माधब नेपाल र प्रचण्ड समुहका ४५ जना सांसदले मुख्यमन्त्री पौडेलका विरुद्धमा अविस्वासको प्रस्ताब प्रदेशसभामा दर्ता गराएका थिए ।
आजको प्रदेशसभा बैठकमा औपचारिक रुपमा अविस्वासको प्रस्ताब टेबल गर्ने कार्यसूची रहेको छ । तर, ओली पक्षका प्रदेशसभा सदस्यहरुले अविस्वासको प्रस्ताब फेल गरिदिने तयारी पनि थालेका हुन् । बहुमत सदस्य आफ्नो पक्षमा भएको वताउँदै मुख्यमन्त्री पौडेलले भन्नुभयो–‘प्रदेशसभामा अविस्वासको प्रस्ताब टेबुल मात्र हुन्छ । पास हुन दिदैनौं । किनकी हामीसंग बहुमत सदस्य रहेका छन् । अविस्वासको प्रस्ताब पास हुनै नदिने हाम्रो तयारी छ ।’
आज प्रदेशसभा बैठकमा अविस्वासको प्रस्ताब टेबुल भएपछी छलफलका लागि सभामुख सानुकुमार श्रेष्ठले केही दिनका लागि संसद बैठक स्थगित गर्ने तयारी गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षरसहित पुस १० गते प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । अधिवेशनको पहिलो दिन दलका नेताहरूले बोल्ने क्रम सकिएसँगै सभामुख श्रेष्ठले बैठक अनिश्चितकालका लागि स्थगन गर्नुभएको थियो ।
बिहीबार कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलका प्रतिनिधिहरूको निरन्तर दबाबपछि सभामुख श्रेष्ठले आज दिउँसो १ बजेका लागि बैठक आह्वान गर्नुभयो । ‘अब अविश्वास प्रस्ताव सदनमा औपचारिक रूपमा प्रवेश हुन्छ,’ कांग्रेसका सचेतक छिरिङदोर्जे लामाले भन्न्ुभयो ।
अविश्वासको प्रस्तावका प्रस्तावक शालिकराम जमकट्टेलले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा उनकै मन्त्री रामेश्वर फुयाँललाई कार्यव्यवस्था परामर्श समितिमा राखेर छलफल गरेको भन्दै सभामुखको आलोचना गर्नुभएको थियो । मुख्यमन्त्री पौडेल निकट सांसद दीपक निरौलाले अविश्वासको प्रस्ताव फेस गर्न तयार रहेको बताउनुभयो । जनपत्रबाट