काँग्रेसले गर्याे मकवानपुरका सबै वडामा बिराेध प्रदर्शन
हेटाैँडा । नेपाली कांग्रेसले मकवानपुरले जिल्लाका कुल १ सय २ वटै वडामा संसद विघटनको विरुद्ध बिहीबार प्रदर्शन गरेको छ ।
सम्वन्धित वडा समितिको आयोजनामा भएको विरोधसभामा नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ मकवानपुरको मनहरी गाउँपालिकाको ६ र ९ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भए ।
उपसभापति विष्णुप्रसाद लामिछाने वडा नम्बर ७ मा भएको कार्यक्रममा सहभागी भएका थिए भने प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल १५ नम्बर वडामा भएको कार्यक्रममा सहभागी भएका थिए । त्यस्तै सचिव बुद्ध लामा कैलाश गाउँपालिका ९ र १० वडामा सहभागी भए ।