माघ ९ गते प्रचण्ड–नेपाल पक्षको काठमाण्डाैँमा प्रदर्शन, काे नेता कुन आर्कमा

१० वटा आर्क तोकियो, निर्धारित नारा मात्र लगाउन पाइने
निरन्तर न्यूज
८ माघ २०७७, बिहीबार १०:४४

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षले यही माघ ९ गते काठमाडौंमा आयोजना गरेको संसद विघटनविरुद्धको बृहत विरोध प्रदर्शनलाई व्यवस्थित र भव्य बनाउन निर्देशिका जारी गरेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विरोध प्रदर्शन र सभाका लागि बुधबार सात बुँदे निर्देशिका जारी गरेका हुन् ।प्रदेश, जिल्ला, जबस मोर्चा संगठनहरुले विरोध प्रदर्शन एवम् सभामा सहभागिता गराउने भनी जानकारी दिएको संख्यामा नघटाउने गरी अनिवार्य उपस्थिति गराउनुपर्ने भएको छ । यस्तै प्रदर्शनको दिन पौने ११ बजेसम्म तोकिएको स्थानमा भेला भइसक्नुपर्नेछ ।आन्दोलनमा सहभागी हुनेहरूलाई विभिन्न ‘आर्क’ तोकिएको छ ।  जसअनुसार माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, शान्टिबाटिका, त्रिचन्द्र कलेज, बाल्मिकी कलेज क्षेत्रमा भेला हुन भनिएको छ।सबै जुलुस रत्नपार्कमा जम्मा भइ मूल जुलुसमा परिणत हुनेछ भने त्यहाँबाट रत्नपार्क–बागबजार, पुतलीसडक–भद्रकाली–भोटाहिटी हुँदै सभामा परिणत हुने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*