संसद विघटन गर्नु जनक्रान्तिका लागि लडेका शहीदहरुकाे अपमान  : हिसिला यमी

निरन्तर न्यूज
८ माघ २०७७, बिहीबार १०:२८

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ तथा पूर्वमन्त्री हिसिला यमीले संसद विघटन गर्नु जनक्रान्तिका लागि लडेका शहीदहरुकाे अपमान  हाे ।

नेतृ यमीले  एउटा पार्टीभित्रको पनि गुटको स्वार्थ रक्षाका लागि संसद विघटन गर्नु लज्जास्पद कदम भएको बताएकी छिन् ।

संसद विघटनविरुद्ध बुधबार काठमाडौंमा आयोजित विरोध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेतृ यमीले भनिन्, ‘प्रधानमन्त्रीकाे संसद विघटनकाे सिफारिस, असंवैधानिक, प्रतिगामी मात्र नभई अहिलेसम्मका सम्पूर्ण क्रान्ति र परिवर्तनका विरुद्ध छ ।’

उनले भनिन्, ‘आफू र आफ्नाे गुटकाे स्वार्थ रक्षार्थ याे हदमा जानू लज्जास्पद विषय हो ।

संसदकाे विशेष अधिवेशनकाे राजनीतिक महत्व भएपनि कानूनी बैधता पाउन कठिन हुने उनको तर्क थियो । ‘विशेष अधिवेशन आह्वानकाे पूर्वप्रयास र प्रयत्नलाई प्रचण्ड-नेपालहरुले माेलताेलमा फिर्ता गर्नुहुन्थेन,’ उनले भनिन्, ‘त्याे विशेष अधिवेशनले प्रधानमन्त्रीलाई हटाईनेभन्दा अध्यादेश बहस गर्न ल्याउने थियाे । उस्तैपरे सहमतिले हाउसले फिर्ता लिन सक्थ्याे ।’

दाहाल-नेपालले उक्त प्रस्ताव राजनीतिक लेनदेन र माेलताेलमा फिर्ता लिएर उनीहरुले गल्ति गरेको उनको टिप्पणी थियो । ‘यसले राजनीतिक दुर्घघनालाई प्रकारान्तरले बल पुर्‍याईदियाे भन्ने हाम्राे विश्लेषण छ,’ उनले भनिन् ।

सुधारिएको संसदीय व्यवस्थामा विगतकै परम्परागत संसदीय व्यवस्थामा त्यागिएका विषयलाई संसद विघटनले पुनः ब्युँताएको उनको तर्क थियो । संसद विघटन गर्न अहिलेको संविधानमा कुनै पनि व्यवस्था नरहेको उनको तर्क थियो ।

विरोधसभामा जसपाका नेताहरु ईश्वर रिजाल, मनरत्न शाक्य, श्याम प्रजापति लगायतले सम्बोधन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*