अर्को सूचना नभएसम्मका लागि बागमती प्रदेश सभा बैठक स्थगित
हेटौंडा । बागमती प्रदेशकाे प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ ।
६ महिनापछि शुरु भएको सातौं अधिवेशन पहिलो बैठक बसेर स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराएका थिए ।
यसअघि सातौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै मूख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चुनौतिका बीच विकास र समृद्धिको काम गरेको बताए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसले स्थिरताको पक्षमा रहेको बताए ।
बैठकमा नेकपाकी सांसद अष्टलक्ष्मी शाक्य, विवेकशिलका सांसद रमेश पौडेल, नेमकिपाका सांसद सुरेन्द्र गोसाई, राप्रपाकी सांसद रिता माझी, रिना गुरुङले अहिलेको सरकारको कामले जनतामा वितृष्णा पैदा भएको बताएका थिए । प्रदेशसभामा मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध परेको अविश्वासको प्रस्तावमाथि निर्णय गर्नका लागि कार्यविधि समिति गठन भएको छ ।