विरोध प्रदर्शनको लागि मकवानपुर काँग्रेसले प्रतिनिधि ताेक्याे
हेटाैँडा । प्रधानमन्त्री केपी ओलीकाे संसद विघटनकाे असंवैधानिक एवम् अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले माघ ३ गते जिल्लाका १० वटै स्थानीय तहमा विरोध प्रदर्शन सहितकाे विरोधसभा गर्ने भएकाे छ ।
विरोध प्रदर्शन तथा विरोधसभाको लागि कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले जिल्ला प्रतिनिधि तोकेको छ ।
यही माघ ३ गते हुने विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरमा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरमा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।
त्यसैगरी ८ वटा गाउँपालिकाहरुमा बागमतीमा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैयामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुरगढीमा सहसचिव रामबाबु बानियाँ, भीमफेदीमा सल्लाहकार रिता खनाल, ईन्द्रसरोबरमा जिल्ला सचिव बुद्ध लामा, कैलाशमा सल्लाहकार प्रभात दाहाल, राक्सीराङमा सल्लाहकार उमा दाहाल र मनहरीमा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए्र ।
कांग्रेसको विरोधसभा कार्यक्रमअन्र्तगत माघ ३ देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरु र माघ ८ गते ७ सय ५३ स्थानीय निकायको ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवं विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।