दाहाल-नेपाल एमसीसीविरुद्ध उभिए विप्लवले सघाउने

निरन्तर न्यूज
२८ पुष २०७७, मंगलवार ११:०७

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एमसीसीविरुद्ध उभिए संसद पुनःस्थापनाको आन्दोलनमा सघाउने प्रस्ताव पठाएको छ । नेकपाको दाहाल-नेपाल समूहका एक नेताका अनुसार विप्लवले आफ्नो एक नेतामार्फत् यस्तो सन्देश पठाएका हुन् ।

यसबारे विप्लव समूहका एक नेतालाई सम्पर्क गर्दा उनले यसबारे आफू अनविज्ञ रहेको जानकारी दिए । नेकपाका एक नेताका अनुसार विप्लवको सन्देशमा भनिएको छ, ‘एमसिसीका विरोधीहरु एक ठाउँमा हुने वातावरण मिलाउने हो भने प्रतिनिधिसभा पुनर्वाहालीको आन्दोलनमा साथ दिन हामी तयार छौं ।’

यता दाहाल-नेपाल समूहमा बहुरंगी नेताहरु रहेका छन् । उनीहरुले एमसीसीबारे एउटै धारणा बनाउन सक्ने सम्भावना न्यून छ । उनीहरु विप्लवभन्दा कांग्रेसलाई कुरेर बसिरहेका छन् ।

उता कांग्रेस एमसीसीको पक्षमा उभिँदै आएको छ । कांग्रेसको बुझाई दाहाल-नेपाल समूहका केही नेताकै कारण एमसीसी तुहिएको भन्नेछ । संसद पुनर्वहाली भयो भने एमसीसीविरोधीहरुको बहुमत पुग्ने कांग्रेस सभापति देउवाको पनि बुझाई रहँदै आएको छ । साझापाेष्टबाट साभार गरिएकाे खबर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*