पूर्वप्रधानन्यायाधीशहरूलाई ओलीको धम्कीप्रति दाहाल-नेपाल कडा प्रतिवाद

निरन्तर न्यूज
२७ पुष २०७७, सोमबार ०८:२४

काठमाडाैं । नेकपाको दाहाल–नेपाल समूहले संसद विघटनका विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भर्त्सना गरेको छ ।

पेरिसिडाँडामा आइतबार बसेको सो समूहको सचिवालय बैठकले ४ जना पूर्व प्रधानन्यायाधीशहरूले संसद विघटनका विषयमा प्रतिक्रिया दिएपछि ओलीले धम्की दिएको भन्दै उक्त कार्यको प्रतिवाद गर्दै कडा शब्दमा भर्त्सना गरेको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उहाले जानकारी दिए । बैठकले सबै नागरिक समाज, पार्टी, सबै सचेत र प्रबुद्ध व्यक्तिलाई यसप्रकारको हमलालाई एकजुट भएर परास्त गर्ने आह्वान गर्ने निर्णय गरेको उनले बताए ।

बैठकले ओलीले सरकारी सञ्चारमाध्यमको दुरुपयोग गरेको भन्दै तत्काल त्यो कार्य रोक्न मागसमेत गरेको उनले बताए । बैठकले संघर्षको कार्यक्रमलाई शसक्त बनाउने निर्णय गरेको उनले बताए ।

श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको बताए । प्रचण्डको भारत भ्रमणको कुरा नितान्त आफ्नो परिवारलाई स्वास्थ्य उपचार गराउने सिलसिलामा भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*