ओलीको असंवैधानिक कदम विरुद्ध प्रचण्ड-माधव पक्षकाे वडातहमा कार्यक्रम
हेटौंडा । नेकपा हेटौंडा उपमहानगरपालिका–३, बसमाडीमा वडा स्तरिय अगुवा नेता कार्यकर्ता भेला प्रशिक्षण भएको छ । प्रधानमन्त्रीको असंवैधानिक कदमको बिरुद्ध स्थानीय तहका वडा वडामा प्रशिक्षित गराउने जिल्ला पार्टीको निर्णय अनुसार उपमहानगरपालिकाको वडा वडामा भेला बैठक प्रशिक्षण गरिने अभियान अन्तर्गत आज वडा नं. ३ मा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।
नेकपा उपमहानगरपालिका वडा नं.३ को अध्यक्ष भीम लामाको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा वाग्मती प्रदेश कमिटी सदस्य ललित घलानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा जिल्ला कार्यलय सदस्य श्रीधर पोख्रेल , जिल्ला सचिवालयहरु सदस्य विवेक राई , बिश्नु दाहाल , मिना लामा , जिल्ला सदस्य रुपेश बर्तोला , नगर कमिटीका माधव तिमल्सिना ,अध्यक्ष रघु आचार्य , सचिब तिर्थ थापा मगर लगायतले प्रधानमन्त्रीले गरेको कु को बिरोध गरेका थिए ।