प्रचण्डले कुण्ठापत्र फिर्तागरी निर्वाचन स्विकार गरे पार्टी एक हुन सक्ने : उपप्रधानमन्त्री पाेखरेल
हेटौंडा । उपप्रधानमन्त्री तथा नेकपाका केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको कुण्ठापत्र फिर्ता लिएर आगामी बैशाखमा हुने निर्वाचनलाई स्वीकार गरेमा पार्टी एक हुन सक्ने वताउनु भएको छ ।
नेकपा मकवानपुर ओली समुहले आज हेटौंडामा गरेको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले केपी अोलीले नेतृत्व गरेको नेकपानै अहिलेको आधिकारीक रहेको दाबी गर्नुभयाे । साथै नेकपाको निर्वाचित अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली भएका कारण चुनाव चिन्ह र दलको मान्यता समेत आफूहरुले प्राप्त गर्ने पाेखरेलले बताउनुभयो ।
चारवटै सुरक्षा निकायका प्रमुखसहित सरकारले निर्वाचन प्रारम्भिक योजना बनाइसकेको हुनाले वैशाखको १७ गते र २७ गते दुई चरणमा ताेकिएकाे निर्वाचन निर्धक्कका साथ सम्पन्न हुने पाेखरलेकाे स्पष्टाेक्ति थियाे ।
उहाँले निर्वाचनलाई सम्पन्न गर्न बताउनुभयो । ‘सुरक्षा प्रमुख र निर्वाचन आयुक्तहरुले प्रारम्भिक योजना निर्माण गरिरहनु भएको छ ।
नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सचिवालय सदस्य काँशीनाथ अधिकारी, युवा तथा खेलकुद मन्त्री दावा दार्जे लामा, केन्द्रीय सदस्यहरु बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेल, रामेश्वर राना, कृष्ण प्रसाद दाहाल, अनन्त पौडेलह, रामचन्द्र राईलगायतकाको सहभागिता रहेको थियो ।