नेकपा प्रचण्ड-नेपाल पक्षबाट मकवानपुर प्रशासनमा ज्ञापनपत्र
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
नेकपा केन्द्रीय सदस्य केदार न्यौपाने, कुमारी मोक्तान, जिल्ला अध्यक्ष मुनु सिग्देल, नेतहरु श्रीधर पोखरेल लगायतको टोलीले प्रमुख जिल्ला अधिकारी पशुपति रिजालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
विरोधपत्रमा पुस ५ गते प्रधानमन्त्री केपि शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी भनिएको छ । प्रतिगामी कदम विरूद्ध संघर्ष गर्ने जनाइएको थियो । यसअघि र्यालीले बजारको विभिन्न भाग परिक्रमा गरेको थियो । प्रष्टखबरबाट