नेकपाका प्रचण्ड-नेपाल समूहको बैठक सकियाे, नेपालकाे नेतृत्वमा कार्यदल गठन

निरन्तर न्यूज
१९ पुष २०७७, आईतवार १७:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सकिएको छ । आइतबार पेरिसडाँडामा अध्यक्ष नेपालको अध्यक्षतामा बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले पार्टी भित्रका विभिन्न जिम्मेवारीबारे टुंगो लगाउने र पार्टी एकताका थप काम गर्ने जिम्मेवारी पाएको छ । स्थायी समितिको अर्को बैठक सोमबार १ बजे पुनः बस्नेछ ।

आइतबारको बैठकले भोलिको बैठकका लागि एजेन्डाहरु पनि तय गरेको छ । बैठकमा आन्दोलनलाई थप व्यवस्थित बनाउने, प्रदेश सरकारहरूबारे र ओलीले पार्न सक्ने प्रभावलगायत एजेन्डामाथि सोमबारको स्थायी कमिटी बैठकमा छलफल हुनेछ ।

बैठकले पार्टीका नेताहरुको जिम्मेवारी हेरफेरबारे पनि छलफल गर्नेछ । आइतबारको बैठक जारी हुम्लाको नेकपा जिल्ला समितिले एकमुष्ट रुपमा नेकपा दाहाल-नेपाल समूहमा रहने जानकारी दिएको थियो । सामाजिक विकास मन्त्री दल रावलसहितको यो घोषणाले कर्णाली प्रदेश सरकारको स्थायीत्वको सुनिश्चित गरेको नेताहरुको बुझाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*