केपी ओलीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए : बाबुराम भट्टराई

निरन्तर न्यूज
१९ पुष २०७७, आईतवार १७:०३

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिएको बताएका छन् । दुःख गरी बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको घर नेकपाभित्रको झगडाले भत्काइदिएको उनको भनाई छ ।

आइतबार ट्वीट गर्दै डा.भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गर्नु ‘आगो लगाएको’ रूपमा व्याख्या गरेका छन् ।

उनले लेखेका छन्, ‘एक आर्किटेक्टको अनुभूतिस्जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो। केही कुपुत्र-कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते ! ळौन आगो निभाऊॅ !’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*