कर्णाली प्रदेशका दुईजना मन्त्री र एक सांसदले केपी ओलीको साथ छाेडे

निरन्तर न्यूज
१९ पुष २०७७, आईतवार १६:२०

सुर्खेत । कर्णाली प्रदेशमा ओली समूहका दुई मन्त्री र एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ छाडेका छन् ।

सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र सांसद पदमबहादुर रोकाय प्रचण्ड–नेपाल समूहमा गएका हुन् । उनीहरु दुबैजना ओली समूहको कोटाबाट मन्त्री बनेका थिए । सांसद रोकाय पनि ओली समूहकै कोटाबाट प्रदेश विधायन समितिका पूर्वअध्यक्ष हुन् ।

अब नेकपाका ३३ प्रदेशसभा सदस्यमध्ये प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् भने सभामुख राजबहादुर शाहीसहित ११ प्रदेशसभा सदस्य ओली पक्षमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*