मैले नदिएकाे राजीनामा कसरी स्विकृत भयाे : गाउँपालिका उपाध्यक्ष बिष्ट
हेटाैँडा । मकवानपुरकाे मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले आफुले नदिएकाे राजीनामा स्वीकृत गरिएकाे छ ।
पश्चिम मकवानपुरमा अवस्थित मनहरी गाउँपालिकाकी उपाध्यक्ष विष्टले आफुले पदबाट राजीनामा नदिएको दाबी गरेकी छिन् । उनले मंसीर २९ गते नै राजीनामा दिएकाे बारेमा विभिन्न सन्चारमाध्यममा समाचार आएकाे थियाे ।
तर आज फेरी गाउँपालिकाकाे अध्यक्षकाे भनाइलाई उद्दत गर्दै राजिनामा स्विकृत भएकाे खबर सन्चारमाध्यममा आएपछि आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आफुले उपाध्यक्ष पदबाट राजीनामा दिएको भन्ने समाचार गलत भएको बताइन् ।
उनले आफुले राजीनामा दिएको भन्ने समाचार भ्रामक र कपोकल्पित भएको जिकिर गरिन् । पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिनु भनेको आफुलाईमत दिएर निर्वाचित गराएको जनतामाथि धोका दिनु भएको बताइन् । राजीनामा नै दिनुपर्ने कुनै गलत काम आफुबाट नभएको उनले दाबी गरिन् ।
यता गाउँपालिकाले भने पुस १७ को बैठकमा अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्ष विष्टको राजीनामा आएकोले स्वीकृत गरेको बताए । अध्यक्ष उप्रेती ओली पक्षका र उपाध्यक्ष बिष्ट प्रचण्ड-माधव समुहका रहेकाे बुझिएकाे छ ।