प्रचण्ड-माधव भेट्नु कुहिएर झरेका दुईवटा फल : प्रधानमन्त्री ओली

निरन्तर न्यूज
१८ पुष २०७७, शनिबार २१:१०

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनमा शुद्धिकरण अभियान सुरु गर्ने बताएका छन् । उनले आफ्नो अभियान परिवारका सदस्यका लागि नभएर देश र जनताको लागि भएको जिकिर गरे ।

शनिबार आफ्नो समूहको काठमाडौं भेलालाई सम्बोधन गर्दै उनले भने, ‘कतिपयलाई पद चाहिएर सडकतिर डुलिराछन् । पद चाहिएको भए यता आउनुस् । सुन्तला खान सल्लाघारीमा गएर हुन्न, सुन्तलाघारीमा आउनुहोस् ।’

उनले तीन वर्षसम्म नेकपाका जुझारु कार्यकर्ताहरु हल न चल भएको बताए । उनले माधव र प्रचण्डलाई खिया लागेको दुई नट बल्टुको संज्ञा दिए ।

पार्टी बरमझियाको पेडापसल नभएको उनले बताए । ‘निर्वाचन आयोगले मलाई हिजो जानकारी दियो, उनीहरुले निवेदन दिएका रहेछन् हामी सक्कली हौं भनेर,’ उनले भने, ‘यो बरमझियाको पेडा पसल होइन’ । प्रचण्ड-नेपाल समूहलाई इंगित गर्दै उनले भने, ‘भेट्नु कुहिएर झरेका दुईटा फलहरुले रुखै मै हुँ भन्ने ?’

प्रचण्ड-नेपाल समूहलाई उनले पुनः मुल घरमा फर्कन आग्रह गरे । थोरै मान्छे त सिसी बेच्नेले पनि जम्मा गर्ने उनको तर्क थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*