नेकपानिकट कर्मचारी संगठनका नेतासहित १ सय ३१ जना कांग्रेसमा प्रवेश

निरन्तर न्यूज
१८ पुष २०७७, शनिबार १९:४४

हेटौंडा । नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल राष्ट्रिय कर्मचारी संगठनका मकवानपुरका अध्यक्ष देवनारायण लामिछानेसहित १ सय ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मकवानपुर गढी गाउँपालिका २, ३, ४ र ५ नम्बर वडा ईकाईको संयुक्त आयोजनामा सामरीखोलामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रममा लामिछानेसहित १ सय ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
मकवानपुर गढी गाउँपालिका ३ नम्बर वडासभापति विजय थोकरको सभाध्यक्षता एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व जलश्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य डिनाले कम्युनिष्टहरुको अपवित्र गठबन्धनले जनताले दिएको मतलाई अनादार गर्दै भ्रष्टाचारको पोको बोकेर सत्तामा पुगी ७० वर्षसम्म आमजनताले कठोर संघर्षबाट लडेर ल्याएको संविधानमाथि कुठाराघात गर्दै संसद विघटन गरेको बताउनुभएको छ ।
नेतृ डिनाले कांग्रेसले सधैं जनता र राष्ट्रियताको पक्षमा लडिरहेको बताउँदै कम्युनिष्ट नेतृत्वले संविधान बनाउन नसकी विघटन गरेको पहिलो संविधानसभा पश्चात् कांग्रेसको नेतृत्वले दोश्रो संविधानसभाबाट संविधान जारी गर्दै तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर कम्युनिष्टलाई सत्तामा पठाउँदा पनि आन्तरिक कलह, कुर्सी मोह र भ्रष्टाचारमा लिप्त शासकहरुले व्यक्तिगत लहडमा संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो ।
केपी ओली सरकार निकम्मा सरकार ठहरिसकेकाले अव आम जनताले ढोंगी कम्युनिष्टहरुलाई सडकमा पु¥याएर कांग्रेसको नेतृत्वमा पूनः सत्ता हस्तान्तरण गराई देशलाई यो संकटको भूमरीबाट उद्दार गर्न चाहेको बताउँदै कम्युनिष्टको छलकपट, ढोंगी सपना र खोक्रा आश्वासनमा अव लाग्न नहुने बताउनुभयो ।
गढी गाउँपालिका ३ र ५ को बीच सामरी खोलामा भएको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मकवानपुर गढी गाउँपालिका सभापति राजविर मोक्तान, नवप्रवेशी देवनारायण लामिछाने, गढी गाउँपालिकाका युवा नेता सानुकान्छा थिङ्गलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सदस्य एवं विद्यार्थी विभाग प्रमूख राजिव सुवेदी, सल्लाहकार भरत पराजुली, जिल्ला सदस्यहरु अर्जुनप्रसाद दाहाल, ईन्दिरा न्यौपाने, सुशान्तकुमार श्रेष्ठ, राजकुमार वाईबा, प्रतिनिधिसभा १ का क्षेत्रीय सचिव सुवात सिं थिङ्ग, गढी ५ का वडा सभापति दीर्घ थापा, हेटौंडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, गढी गाउँपालिका १ का वडाअध्यक्ष आईत सिं लो, २ का बखान सिं पाख्रिन, जिपि फाउन्डेसन मकवानपुरका अध्यक्ष नारायण लम्साल, सांस्कृतिक विभागकी पूर्व महामन्त्री सुष्मा कार्की, तरुण जिल्ला सचिव सचित थापा, महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण नेता राजेश भेटवाललगायत स्थानीय नेता, क्रियाशिल सदस्यहरु, भातृ एवं शुभेच्छुक संघसंगठनका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा हास्यकलाकार शिवशंकर रिजाल जोगिन्दर र लोकगायिका प्रतिमा अर्यालले गित तथा प्रहसन गरेर कार्यकर्ताहरुलाई मनोरञ्जन दिएका थिए ।

Sujan

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*