आज हेटाैँडामा नेकपा (केपी पक्ष) काे बृहत जिल्ला भेला हुदै

निरन्तर न्यूज
१६ पुष २०७७, बिहीबार ०८:२१

हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पछिल्लाे समय देखिएकाे केपी ओली पक्ष र प्रचण्ड-माधव पक्षले एक अर्कालाई राजनैतिक देखि सामाजिक तहमा पार्टी वैधानिकता पक्ष आफु नै भएकाे दाबी गरिरहेकाे छ ।

यसै क्रममा नेकपाकाे ब्यानरमा कार्यकर्ता भेला, बैठकलेखेर दुबै पक्षले देशभर कार्यक्रम  गरिरहेका छन् ।  जसमा नेकपा प्रति आस्था राख्ने कार्यकर्ताहरुलाई आफ्नाे पक्षमा तान्नकाे लागि जाेडबलले कसरत गरिरहेकाे हामी स्पष्ट देख्न सक्छाैँ ।

याे क्रम यतिबेला मकवानपुरमा आइपुगेकाे छ ।

आइतबार पुस १२ मा प्रचण्ड-नेपाल पक्षले बहुसंख्यक कार्यकर्ता उतारेर जिल्ला कार्यकर्ता भेलाकाे नाममा आफु निकट नेता तथा कार्यकर्तालाई पार्टीका लाइन बुझाए । तथापी भेलालाई भ्रम, लेटरप्याडकाे दुरुपयाेग भन्दै त्यस्ता ठाउँमा नजान सामाजिक सन्जालदेखि उक्त भेलामा ओली समुहका नेकपा केन्द्रीय सदस्य तया मकवानपुर सह-इन्चार्ज रामेश्वर रानाले विज्ञप्ति जारी गर्दै कार्यकर्तालाई नजान उर्दी जारी गरेका थिए।

त्यही उर्दी जारीगरेकाे केपी ओली पक्षले आज  हेटाैँडामा नेकपाकाे समृद्ध माेर्चा संगठनकाे नाम दिएर बृहत जिल्ला भेलाकाे आयोजना गरेको छ।

यसरी नेकपाकाे बैधानिकताकाे पाटाेलाई लिएर कार्यकर्ता र आम नागरिकलाई बुझाउन दुबै पक्ष लागिपरेकाे देखिन्छ । आज हुने उक्त भेलाले के कस्ता नीतिहरु तय गर्ला त्याे भने हेर्न बाँकी नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*