‘यता राधे राधे’, ‘उता कृष्ण कृष्ण’
यता राधे राधे , उता कृष्ण कृष्ण
————————–
यता राधे राधे , उता कृष्ण कृष्ण !
यता शान्ति मागें , उता सत्ता तृष्णा !!
यता नि सडकमा , उता नि सडकमा !
यताको फगतमा , उता भो लगतमा !!
लड्दालड्दै जगतमा, जिवनै गो फगतमा !
भोली भोली भन्दै, मिलेन शान्ति मगजमा!!
यता राधे राधे , उता कृष्ण कृष्ण !
यता सत्य मागें, उता शक्ति घृणा !!
सडकको रोइलो, सुन्दैन है महलले !
जे नहुनुथ्यो भै गो ‘ मंगले कै ढंगले !!
न रहने भो बाँस , न बज्ने भो बाँसुरी !
न बाँच्ने भो लास, न बच्ने भो माकुरी !!
यता राधे राधे , उता कृष्ण कृष्ण
यता मिलन मागें, उता मत्ता अर्ना