मुख्यमन्त्री पाैडेलले प्रचण्ड-माधव पक्षका उपनेता र सचेतकलाई पदबाट हटाए

निरन्तर न्यूज
१५ पुष २०७७, बुधबार ०८:२७

हेटौँडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका छन् ।

प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ताका प्रस्तावक बनेका जम्कट्टेल र हस्ताक्षर गरेका माझीलाई पदबाट हटाएकाे  मुख्यमन्त्रीकाे सचिवालयले जनाएकाे छ । पदबाट हटाइएकाे  पत्र दुबैलाई पठाईएको जनाइएको छ ।

पदमुक्त गरिएका उपनेता र सचेतक दुबै प्रचण्‍ड-नेपाल पक्षका नेता  हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*