संसद विघटनविरुद्ध जसपा मकवानपुरको विरोध प्रदर्शन (तस्बिर र भिडियाेमा हेर्नुहोस् )
हेटाैँडा । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै जनता समाजवादी पार्टी मकवानपुरले हेटाैँडामा विरोध प्रदर्शन गरेको छ ।
आज दिउँसो जसपाकाे पार्टी कार्यालय हेटाैँडाकाे हुप्रचाैरबाट निस्केकाे र्याली थाहा चाेक, ओमहल चाेक, शितल महल, मेनराेड, सिमाचाेक हुँदै बुद्ध चाेकमा आएर सभामा परिणत भएकाे थियाे ।
र्यालीमा जसपाका केन्द्रिय नेताहरु साेनाम सिं स्याङ्तान राजु नेपाल बिद्युत बज्राचार्य साेबिन थिङलगायत प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुकाे सहभागिता रहेकाे थियाे ।
र्यालीमा केपीकाे असंवैधानिक कदम खारेज गर, निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन्, रेशम चाैधरीलगायतका राजबन्दी रिहा गर, हाम्राे आन्दाेलन जारी छ लगायतका नाराबाजी गरेका थिए ।