जसपाले आज देशभर प्रदर्शन गर्ने
काठमाण्डाैँ । जनता समाजवादी पार्टीले आज काठमाडौंको शान्ति वाटिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ ।
जसपाले प्रधानमन्त्री ओलीकाे असंवैधानीक, अलाेकतान्त्रिक र प्रतिगमनकारी कदम विरुद्ध आज दिउँसो १२ बजे काठमाण्डाैँ रत्नपार्क शान्ति वाटिकामा आयाेजित प्रदर्शनमा सहभागि हुन अपिल गरेको छ ।
उक्त कार्यक्रममा जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।
प्रतिनिधिसभा विघटनपछि जसपाले पुस ८ गते देशैभर प्रदर्शन गरेको थियो भने पुस १०, ११ र १२ गते आन्दोलनको घोषणा गरेको थियो ।
जसपाले पुस १० गते देशभर प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको थियो । पुस ११ गते साझ देशव्यापी मसाल जुुलुस निकालेको छ ।
आज जसपाले प्रदेशकाे राजधानीहरु हेटाैँडा पाेखरा जनकपुर लगायत प्रमुख शहरहरुमा विराेध प्रदर्शन गर्ने जनाएकाे छ ।