राष्ट्रिय सभाको बैठक पुष १७ गते बोलाउन सिफारिस

निरन्तर न्यूज
११ पुष २०७७, शनिबार १०:१५

काठमाडौं । यही पुस १७ गते राष्ट्रिय सभाको बैठक बोलाउन मन्त्रीपरिषद् बैठकले राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार साँझ बसेको मन्त्रीपरिषद् बैठकबाट राष्ट्रिय सभा बोलाउन सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । संसद अधिवेशन नबोलाएको ६ महिना पुग्न लागेकोले नियमानुसार अधिवेशन बोलाउन सिफारिस गरिएको तीन मन्त्रीले जानकारी दिए ।

संघीय संसद भने प्रधानमन्त्री केपी ओलीले विघटन गरिसकेका छन् । राष्ट्रियसभामा भने ओलीको बहुमत रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*