बागमती प्रदेशमा नयाँ सरकार गठनमा नेपाली कांग्रेस निर्णायक बन्ने संभावना

निरन्तर न्यूज
११ पुष २०७७, शनिबार ०९:४०

हेटाैँँडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सरकारबारे नयाँ सत्ता समीकरणबारे चर्चा चल्न शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड– माधव पक्षको पार्टी भित्रको आन्तरिक द्वन्दकाे कारणले ओेली पक्षकाे बागमती प्रदेश सरकार यतिबेला संकटमा परेकाे छ ।

मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वासको प्रस्ताव अघि बढेसँगै बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस निर्णायक हुने सम्भावना देखिएको छ । तर मुख्यमन्त्री पौडेल विरुद्ध ४५ सांसदले हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता गराएसँगै आगामी मुख्यमन्त्रीकाे लागि अष्टलक्ष्मी शाक्यकाे नाम आइसकेकाे छ ।

मुख्यमन्त्रीबाट पौडेललाई हटाएपछि नयाँ सरकार बनाउन बागमती प्रदेशमा प्रचण्ड–माधव समूहलाई १० सांसद अपुग देखिन्छ । कुल ५६ जना पुर्याउँदा मात्र सरकार बनाउन बहुमत पुग्छ । जबकी नेपाली काँग्रेसकाे २२ जना प्रदेश सभा सदस्य रहेका छन् । साेही कारण प्रदेश सरकारमा प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस निर्णायक बन्ने बलियाे सम्भावना  देखिएको छ ।

बागमती प्रदेश सभामा विवेकशील साझा ३ र अन्य ५ जना सांसद रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*