बागमती प्रदेशकाे अविश्वास प्रस्तावबारे समन्वयकाे जिम्मा प्रतिपक्षि दलका नेता बाँनीयालाई दिइयाे
हेटौंडा । बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको पछिल्लाे राजनीतिक अवस्थाबारे शुक्रबार बैठक बसेकाे छ । प्रमुख प्रतिपक्षि दलका नेता इन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा संसदीय दलको सम्पर्क कार्यालय काठमाडौंमा बसेको बैठकले २ वटा निर्णय गरेको छ ।
बैठकले संघीय संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भन्दै यसको विरोध गर्ने निर्णय गरेको छ । त्यस्तै बागमती प्रदेशसभामा मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध शुक्रबार दर्ता अविश्वासको प्रस्तावबारे आवश्यक समन्वय गरी निर्णय लिन संसदीय दलका नेता बानियाँलाई जिम्मा दिने निर्णय गरेको संसदीय दलका प्रवक्ता प्रभात तामाङले जानकारी दिए ।
‘बैठकले मूख्यमन्त्री डोरमणी पौडेलविरुद्ध संसद सचिवालयमा परेको अविश्वासको प्रस्तावबारे छलफल गर्दै थप निर्णय लिनका लागि संसद दलका नेतालाई जिम्मा दिने निर्णय गरेको छ ।’–उनले भने–‘थप निर्णय गर्नुपर्दा अर्को बैठकबाट निर्णय गरिने भएको छ ।’ पार्टी केन्द्रले संघीय सरकारको कदमको विरोधमा देशभर गर्ने तय गरेको प्रर्दशनमा सांसदहरु आफ्नो क्षेत्रमा खटिनेबारे समेत छलफल भएको थियो ।