जसपा मकवानपुरद्वारा हेटाैँडामा राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन (भिडियाेसहित)
हेटौंडा । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेको भन्दै जनता समाजवादी पार्टी मकवानपुरले जिल्लाका विभिन्न स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
जसपा जिल्ला पार्टी कार्यालय हुप्रचौरबाट शुरू भएको विरोध र्यालीले बुद्ध चोकमा पुगेर पुत्ला दहन गरेको थियो । र्यालीमा सहभागी जसपाका नेता कार्यकर्ताहरुले प्रतिगामी ओली सरकार मुर्दावाद, असंवैधानिक कदम खारेज गर, प्रतिनिधिसभा पुनर्स्थापना गराैँ जस्ता नारा लगाएका थिए । त्यस्तै जिल्लाका विभिन्न स्थानमा पु्त्ला दहन कार्यक्रम गरिएकाे जसपा मकवानपुरले जनाएकाे छ ।
भिडियाे