ओलीको कारण प्रचण्ड-माधव-झलनाथ सडकमा

निरन्तर न्यूज
१० पुष २०७७, शुक्रबार १३:४८

काठमाण्डौँ | संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आन्दोलन सुरु गरेको छ ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रचण्ड–नेपाल समूहले आजबाट आन्दोलन सुरु गरेको हो ।

माइतीघरबाट सुरु भएको प्रदर्शनमा ‘हामी जिउँदै छौं, हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेता–कार्यकर्ताहरु सहभागी छन् ।

माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने प्रचण्ड–नेपाल समूहको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*