बागमती प्रदेशका तीनजना मन्त्रीले दिए राजिनामा
हेटौंडा । प्रदेशका तीन मन्त्रीले संयुक्त राजिनामा दिएका छन् । मुलुकको राजनिती र नेपाल कम्युनिष्ट पार्टी नेकपा माथी आइपरेको अकल्पनीय संकटको अवस्थामा नेपाली जनताको त्याग र बलिदानबाट आर्जिएको राजनितिक उपलब्धी र पार्टी एकतालाई बचाउन सक्रिय रहने भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले राजिनामा दिएका हुन्, ।
उनीहरुले मुख्यमन्त्री दिशा विहीन, निर्णय विहिन रहेको, प्रदेश सरकारमा संलग्न मन्त्रिपरिषद् का सदस्यको सुझाव नमानेको र जनताप्रति सरकार जवाफदेही विहीन बन्दै जान लागेको कारण राजीनामा दिएको पत्रमा उल्लेख छ ।