देशभर ओली निरंकुशता बिरुद्ध जसपाको बिरोध प्रदर्शन
हेटौँडा । जनता समाजवादी पार्टीले देशभर प्रधानमन्त्री ओलीको असम्बैधानिक कदम र निरकुंशता प्रति जनता समाजबादी पार्टीले देश्भर विरोध प्रदर्शन गरेको छ ।
राजधानी लगायत प्रदेश राजधानीमा जसपले पुस ५ गते संसद विघटनको विरोध र प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गरी निरकुंश लाद्न खोजेको भन्दै सरकार र ओली विरुद्ध प्रदर्शन गरेको हो ।
विरोध र्यालीले रोड परिक्रमा गरि मेनरोड कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा जसपा नेता कार्यकर्ताले निरंकुश प्रधानमन्त्री मुर्दावाद, ओली सरकारको असंवैधानिक कदम खारेज गर, ओली सरकार मुर्दावाद, असंवैधानिक तथा प्रतिगमनकारी कदम मुर्दावाद, संसद विघटन खारेज गर जस्ता नारा लगाएका थिए।
कार्यक्रममा जसपाका जिल्ला देखि केन्द्रीय तहका नेताहरुले सम्बोधन गरेका थिए ।