ओली–भण्डारी विरुद्व लड्न ढिला गर्न नहुने: बाबुराम भट्टराई
काठमाण्डौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले ओली–भण्डारी विरुद्व लड्न ढिला गर्न नहुने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा डा.भट्टराईले संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण रहेका हुन् ।
उनले, संकटको बेला अर्जुनदृष्टि, एकलव्यध्येय, भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो । ओली–भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ । संविधानका मूलमर्म, आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ । नत्र न रहे बास न बजे बासुरी हुनेछ । सबैलाई चेतना भया १’ भनेका छन् ।
डा.भट्टराईले यतिबेला निर्वाचनभन्दा पनि आन्दोलनलाई प्राथमिकता दिनुपर्ने तर्क गरेका छन् ।