प्रतिनिधिसभा विघटनको बिरोधमा भोलि जसपाले देशभर प्रदर्शन गर्ने
काठमाडौ । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर असंवैधानिक तरिकाले प्रतिनिधिसभा नै विघटन गरेको विरोधमा जनता समाजवादी पार्टीले पुस ८ गते (बुधबार) देशव्यापी प्रदर्शन गर्ने भएको छ ।
जसपाले पुस ८ गते सडकमा निस्केर विरोध कार्यक्रममा भाग लिन पार्टीका कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
जसपाले प्रतिनिधिसभा विघटन गरिएकोमा आज पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक बसी थप आन्दोलनको कार्यक्रम ल्याउने भएको छ । बैठक दिउँसो १२ बजे पार्टी कार्यालयमा बस्नेछ ।