ओलीको कदम विरुद्ध प्रदेश राजधानीमा प्रदर्शन

निरन्तर न्यूज
५ पुष २०७७, आईतवार १५:४२

हेटौँडा ।  प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा अओलीले संसद विघटनकाे  लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बिरोधमा नेपाल विद्यार्थी संघ मकवानपुरले विरोध प्रदर्शन गरेको छ।

नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभात कुमार दाहालको नेतृत्वमा रहेका युवा विद्यार्थीले केपी ओलीको कदमको विरुद्ध नाराबाजीसहित प्रदर्शन गरेका हुन्।आइतबार दिउँसो हेटाैंडा-२ स्थित नेपाली कांग्रेस पार्टी कार्यालयबाट निस्किएकाे विद्यार्थीकाे जुलुस पल्पसाहल,मेनरोड, हुँदै बुद्धचाेकमा पुगेर सकिएको छ।

प्रदर्शनमा केन्द्रीय महामन्त्री  दाहाल सहित नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य एवम् विद्यार्थी विभाग प्रमुख राजीव सुवेदी,नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, क्षेत्रीय सभापति सुवास सापकाेटा, विद्यार्थी नेताहरु मिलन पुडासैनी, सन्ताेष चाैलागाईं लगायतकाे सभागिता रहेकाे थियाे। उनिहरुले ओली सरकार विरुद्ध नाराबाजी गर्दै संसद विघटनको सिफारिस संविधानको हित विपरीत रहेको जनाएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*