संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गरी संसदको हिउँदे अधिवेशन बोलाउन जसपाको माग

निरन्तर न्यूज
१ पुष २०७७, बुधबार १९:०१

जनता समाजवादी पार्टीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता गरी संसदको हिउँदे अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले आज एक प्रेस विज्ञप्ती जारी गरी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिने गरी अध्यादेश ल्याएको उल्लेख गरेका छन् ।

‘सार्वभौम सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासनविपरीत षडयन्त्रपूर्वक ढंगले सर्वसत्तावादी तथा स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुको साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतिर धकेल्ने कार्य गरेको छ । यस्तो गैरलोकतान्त्रिक एवम् स्वेच्छाचारी कार्यको जसपा नेपाल घोर भत्र्सना एवम् विरोध गर्दछ । सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशिघ्र बोलाउनु पर्दछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*