पुस १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउने तयारीमा सभामुख

निरन्तर न्यूज
२९ मंसिर २०७७, सोमबार १२:२९

काठमाण्डाैँ । सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसदको हिउँदे अधिवेशन बोलाउने बताएका छन् ।
उनले संवैधानि बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको सापकोटाले बताएका हुन् । १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भएअनुसार पुस १८ गतेभित्र संसद अधिवेशन आव्हान हुने बताएका हुन् । सभामुख सापकोटाले अबको अधिवेशन नयाँ ढंगले क्रमभंग गरेर चलाउनुपर्ने बताए ।
कोभिड–१९ को संक्रमणका कारण संसद अधिवेशन प्रभावित हुन नदिन पनि संसद सचिवालयले विशेष तयारी गरिरहेको सभामुख सापकाटाले बताए

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*