काँग्रेसले हेटाैँडामा गर्ने विराेध प्रदर्शनलाई सभापती देउवाले सम्वाेधन गर्ने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर हुने सरकार विरोध प्रर्दशनमा सभापति शेरबहादुर देउवाले हेटौंडामा सम्बोधन गर्ने भएका छन् ।
कांग्रेसले विरोधसभालाई केन्द्रीय स्तरका नेताहरुले जिल्ला-जिल्लामा सम्बोधन गर्ने कार्यक्रम अनुसार सभापति शेरबहादुर देउवाले बागमती प्रदेशको राजधानी हेटौंडामा सम्बोधन गर्ने भएका हुन् ।
नेपाली काँग्रेस मकवानपुरले दिएकाे जानकारी अनुसार देउवासँगै प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिना र जिल्ला सभापती इन्द्र बहादुर बाँनीयाले सम्वाेधन गर्ने बताइएकाे छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौँमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले मोरङ, कोषाअध्यक्ष सीतादेवि यादवले ललितपुरमा, नेता प्रकाशमान सिंह धनुषामा हुने विरोधसभालाई सम्बोधन गर्ने छन् ।
पार्टीको केन्द्रीय कार्यालय सानेपाबाट दश वटा नारा तय गर्दै गरेर देशैभर सर्कुलर गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रले तोकेको नारासहित जिल्ला समितिले आवश्यकता अनुसार थप नारा तय गर्न सक्ने र त्यहीभित्र रहेर मात्रै सरकारविरुद्ध नाराबाजी गर्न निर्देशन गरिएको छ।
यस्ता छन् केन्द्रले तय गरेका १० नारा
१. संघीय, लोकतान्त्रिक, गणतन्त्र नेपाल, जिन्दावाद जिन्दावाद
२. नेपाली कांग्रेस जिन्दावाद जिन्दावाद
३. सर्वसत्तावादी ओली सरकार, मुर्दावाद मुर्दावाद
४. तनहुँमा भएको दुव्र्यवहार, अपमान र अत्याचार
५बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार
६. चारैतिर भ्रष्टाचार जनताले चिन्यो ओली सरकार
७ अति भो अति भो, मुलुककै छवि क्षति भो
८. जनता कोरोनाको मारमा, नेकपा सत्ताको जितहारमा
९. औषधि छैन, मल छैन, सत्ताको लडाई लाज छैन
१०. नेपाली काग्रेस जिन्दाबाद, लोकतान्त्रिक समाजवाद जिन्दावाद