भुमि समस्या समाधानका लागि प्रदेश सरकारले सहयोग गर्ने : मुख्यमन्त्री पौडेल

निरन्तर न्यूज
२५ मंसिर २०७७, बिहीबार १९:१८

हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेलले भूमि समस्या समाधानका लागि आयोगलाई बागमती प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।

हेटौंडामा आज आयोजित स्थानिय तह र आयोगबीचको समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले आयोगले भूमिहीनको समस्या समाधान गर्नमा तीन तहका सरकारका बिच अहिले समन्वयको अभाव रहेकोमा समन्वय आवश्यक रहेको बताउनुभयो ।

भुमि सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले देशभर किसान र भूमिहीनको समस्या समाधान नहुनु भनेको राष्ट्रिय समस्या रहेको बताउदै भुमिहीनहरुको समस्या समाधानमा लागि आयोगले कार्य गरिरहेको बताए ।

भुमि सम्बन्धी समस्या समाधान आयोगको आयोजना र बागमती प्रदेश भुमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयको समन्वय तथा व्यवस्थापनमा भएको समझदारीपत्रमा हस्ताक्षर र अभिमुखीकरण कार्यक्रममा बागमती प्रदेशका ९ जिल्लाका २८ स्थानीयतहका प्रमुख,उपप्रमुख र प्रशासकीय अधिकृतको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*