पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले देशको संकट, भ्रष्टाचार, जनताको असन्तुष्टिहरुको समाधान गर्ने एउटै दिगो इलाज प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली नै रहेको बताएका हुन् ।
नेता भट्टराईले ट्वीट गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान आँट गर्न सबैसँग आग्रह गरेका छन् ।
साे क्रममा उनले पूर्ण समानुपातिक संसदको स्थापना गर्नुपर्ने समेत बताएका छन् । पूर्ण समानुपातिक संसदले सबै समुदायको प्रतिनिधित्व हुने र चुनावी खर्च समेत कटौती हुने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘अहिले २/३ सरकारको संकट, भ्रष्टाचारको नयाँ रेकर्ड, जनताको असन्तुष्टि, प्रतिगामी ताउरमाउरको एउटै दिगो इलाज हो– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली (जसले सक्षम/स्थिर नेतृत्व दिनेछ)+ पूर्ण समानुपातिक संसद (जसले सबै समुदायको प्रतिनिधित्व, चुनावी खर्च कटौती गर्नेछ)! सबैले आँट गरौ !’