जनता समाजवादी पार्टीका सबै सांसदले दसैं भत्ता फिर्ता गर्ने (निवेदनसहित)
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना पार्टीका संघीय सांसदहरूको दसैं भत्ता फिर्ता गर्ने निर्णय गरेको छ ।
बुधबार जसपाले भत्ता फिर्ताको आग्रह गरेर संसद सचिवालयलाई पत्र लेखेको हो ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको कात्तिक ३ र ४ गते बसेको बैठकको निर्णय अनुसार दसैं भत्ता फिर्ता गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिका कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
जसपाका ३४ सांसद रहेका छन् । जसमध्ये हरिनारायण रौनियार निलम्बनमा परेका छन् भने रेशम चौधरी जेलमा छन् ।