भीमा र सुमन अभिनित ‘सागर बिचमा’ सार्वजनिक

निरन्तर न्यूज
२० कार्तिक २०७७, बिहीबार १९:३५

काठमाडौं । अमेरिकामा बसेर आफ्नो कलाकारिता यात्रा अघि बढाइरहेकी मोडेल कलाकार भीमा सन्याशी अभिनित ‘सागर बिचमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

यस गीतमा स्वर गायिका सोनाम गुरुङको रहेको छ भने गीतलाई वरिस्ठ संगीतकार सुशील बिश्वकर्माले संगीतवद्द गरेका हुन्। गीतमा कुमार भण्डारीको शब्द रहेको छ। फणिन्द्र राईले यस गीतलाई संगीत संयोजन गरेका हुन्।

अमेरिकामा छायांकन गरिएको म्युजिक भिडियोमा भीमा सन्याशी र सुमन कार्की फिचर्ड छन्। रोशन सुन्दासले यस भिडियोलाई छायांकन र सम्पादन गरेका हुन्। नरमान राईको कन्सेप्ट , कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

यस गीतको गीतको म्युजिक भिडियोलाई सुनेर हेरेर प्रतिक्रिया दिनहुन निर्माण टिमले सम्पूर्ण दर्शक स्रोतालाई आग्रह गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*