घट्टेदमारमा काँग्रेसकाे टाेल समिति गठन
हेटौंडा । हेटौंडा-१५ स्थित घट्टेदमारमा विभिन्न पार्टी परित्याग गरी २९ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाका सभापति आनन्दराम पराजुलीलगायतले टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेस नगर सभापति पराजुलीको प्रमुख आतिथ्यतामा घट्टेदमारमा निर्मित खेलमैदान उद्घाटन तथा पार्टी प्रबेश कार्यक्रम भएको थियो । उक्त स्थानमा खेल मैदान निर्माण गर्न नेपाली कांग्रेसका नेता उत्सब ईटेनीले डिजेल सहयोग गरेका थिए ।
कार्यक्रमकैबीच कृष्ण बहादुर गाङ्वाको सभापतित्वमा पार्टीको १३ सदस्यीय घट्टेदमार टोल समिति गठन गरिएको थियो । कार्यक्रममा काँग्रेस नेता उत्सब ईटेनी, १५ नम्बर वडाका निर्वाचित अध्यक्ष महारत्न लामा, घनश्याम नेपाल, इन्द्रबहादुर भ्लोन, आकाश गोले, सिद्धान्तलामा लगायतको आतिथ्यता रहेको थियो ।
कांग्रेस हेटौंडा-१५ सभापति नबराज घलानका अध्यक्षतामा भएको कार्यक्रमकाबीच खेलाडीहरुलाई फुटबलसमेत हस्तान्तरण गरिएको थियो ।