निर्णायक भनिएकाे ओली-प्रचण्ड भेटवार्ता आरोप प्रत्यारोपमै सीमित

निरन्तर न्यूज
२० कार्तिक २०७७, बिहीबार १८:२६

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ । निर्णायक भनिएकाे बिहीबारको उक्त छलफल एकअर्कालाई आरोप प्रत्यारोप लगाउनमै केन्द्रीत भएकाे स्रोतले बताएको छ ।

ओलीलाई भेट्न प्रचण्ड बिहीबार बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा एक घण्टा भएको छलफलमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको बैठक बोलाउने विषयमा कुनै सहमति भने हुन नसकेको बताइएको छ । छलफलमा प्रचण्डले पार्टीको सचिवालय बैठक बोलाउने र सबै कुरा त्यहीँ छलफल गर्न भनेका थिए । तर यसबारेमा कुनै पनि सहमति हुन सकेको छैन् ।

भेटमा प्रचण्डले ओलीसँग पार्टीभित्र कसले राजिनामा मागेको छ र ? बाहिर बाहिर राजिनामा दिन्न भनेर भन्नु भएको ? भन्दै प्रश्न गरेका थिए । साथै उनले मदन भण्डारी फाउण्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि पाेखेका थिए ।

त्यसको जवाफमा ओलीले आफुले गुटको भेला गरेको नभई प्रचण्डले नै बाहिर-बाहिर भेला बोलाएर गुट चलाएको आरोप लगाएका थिए । ओली ‘तपाईहरु षडयन्त्रमा लाग्नु भएको छ, म त्यसको सामना गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएकाे स्रोतले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*