राष्ट्रपतिबाट भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथी प्रदान
बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् । साे कार्यक्रम लगत्तै राष्ट्रपति भण्डारीसँग भारतीय सेनाध्यक्षले शिष्टाचार भेट गरेकाे राष्ट्रपतिका सञ्जार विज्ञ टीका ढकालले जानकारी दिए ।
सो अवसरमा राष्ट्रपति भण्डारीले प्रकृति र संस्कृतिले नजिक राखेका दुई राष्ट्र नेपाल र भारतबीचको सम्बन्धलाई मित्रवत र बलियो राख्न दुवै देशले निरन्तर मेहनत गर्नुपर्ने बताएकी थिईन् ।
नेपाल र भारतबीच एक देशका सेनापति अर्को देशको मानार्थ सेनापति हुने प्रचलन रहीआएको छ ।