मिसिगनमा बाइडेनको जीत, राष्ट्रपति चुनाव बाइडेनले जित्ने निश्चित

निरन्तर न्यूज
२० कार्तिक २०७७, बिहीबार ०८:४२

अमेरिका । ब्याटलग्राउण्ड राज्य मिसिगनमा जो बाइडेनले जीतेका छन् । यो संगै बाइडेनले राष्ट्रपति चुनाव जीत्ने निश्चित भएको छ । अब बाइडेनका पक्षमा २६४ इलेक्टोरल मत प्राप्त भएका छन् ।

नेभाडा डेमोक्र्याट्सहरुको पकड राज्य भएकाले नेभाडा जित्ने निश्चित भएकाले नेभाडासहित बाइडेनका पक्षमा २७० इलेक्टोरल मत प्राप्त हुने देखिएको छ । अमेरिकी राष्ट्रपतिको चुनाव जित्न २७० इलेक्टोरल मतको आवश्यकता पर्छ ।

बाइडेनले पेन्सिलभेनिया जितेमा २९० इलेक्टोरल मत प्राप्त हुनेछ । तर बाइडेनलाई चुनाव जित्न अब पेन्सिलभेनिया जित्न आवश्यक छैन । आफ्नै पकड रहेको नेभाडा जिते पुग्छ । नेभाडाबाहेक पेन्सिलभेनिया, जर्जिया र नर्थ क्यारोलिना जित्दा पनि ट्रम्पले २७० इलेक्टोरल मत प्राप्त नगर्ने देखिएको छ ।

डेमोक्र्याट्सको पकड रहेको नेभाडामा नोभेम्बर १० सम्म हुलाकबाट प्राप्त भएका मतपत्रहरु पनि गणना गरिनेछ । तर ती मतपत्रहरु चुनावको दिनसम्म पोष्ट मार्क गरिएको हुनुपर्नेछ । नेभाडाबाट ६ इलेक्टोरल मत प्राप्त हुन्छ ।

त्यस्तै रिपब्लिकनको पकड रहेको अलास्कामा ३ इलेक्टोरल मत रहेको छ । अक्टोबर २९ पछाडि हुलाकबाट मतपत्र पठाएर हालिएका मत र अग्रिम मतदानमा सहभागी भएर हालिएका मतहरु अलास्कामा अर्कोसातामात्र गणना गरिनेछ । त्यसैले अलास्काको पूर्ण मतपरिणाम सार्वजनिक हुन समय लाग्नेछ । खसाेखासबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*